नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७८ बैशाख २७ सोमबार

नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ– नेपालमा थप १ सय ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १ सय ३९ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारमासहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।