दार्चुलमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७८ बैशाख २६ आईतवार

दार्चुलमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला । दार्चुलामा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका सीआइसिटी सहजकर्ता सुरज सुजन बोहराका अनुसार १ सय ५३ पीसीआर परीक्षणमा २६ जना र एन्टिजेन परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा गोकुलेश्वरका २६ जना र दुहुँका १० जना रहेको उहाले बताए । बिहिवार गोकुलेश्वरका १ सय ५३ जनाको स्वाव संकलन गरि पीसीआर परीक्षणका लागि बैतडी प्रयोगशाला पठाइएको थियो । जसमध्ये २६ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ९५ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ रहेको छ ।