एकबर्षमा विपदका कारण एक जनाको मृत्यु, १७ परिवार विस्थापीत

६ बर्ष अघि

२0७५ श्रावण २६ शनिबार

एकबर्षमा विपदका कारण एक जनाको मृत्यु, १७ परिवार विस्थापीत

दृष्टीकोण समाचार, साउन २६ दार्चुला । दार्चुला जिल्लामा एक बर्षको अवधिमा विभिन्न प्राकृतिक विपदका कारण एक जनाको ज्यान गएको छ भने १७ घरपरिवार विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन शाखाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय अन्तरगत रहेको विपद् व्यवस्थापनले गत आर्थिक बर्षमा विभिन्न प्राकृतिक प्रकोपका कारण पूर्ण रुपमा घर जग्गा तथा सम्पत्ती क्षती भएका ४१ परिवारलाई २ लाख ४ हजार रुपैँया तत्काल राहत स्वरुप वितरण गरेको छ । त्यसैगरी १५ परिवार र २ विद्यालय गरी १७ थान त्रिपाल वितरण गरिएको छ । यस बाहेक १ सय ८६ थान ग्याविन तार जाली पनि वितरण गरिएको जिल्ला दैवि प्रकोप उद्दार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो ।
दार्चुला जिल्लामा दैवि प्रकोपको क्षेत्रमा जिल्ला प्रशासन, तीनवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल, रेडक्रस सोसाईटी, लगायत जिल्ला स्थिति विभिन्नि संघसंस्थाहरुले काम गर्दै आइरहेका छन् ।
गत बर्ष विपद् व्यवस्थापनको क्षेत्रमा विपद प्रतिकार्य योजनाको डिपीआर बनेको छ भने मनसुन पूर्वको तयारी योजना निर्माण, र जिल्लाका सबै स्थानीय तहमा विपद व्यवस्थापन समिति गठन गर्नेकाम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो ।