भारतमा लगातार ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ३३ को मृत्यु

३ बर्ष अघि

२0७८ बैशाख २६ आईतवार

भारतमा लगातार ४ लाखभन्दा बढीमा संक्रमण, थप ४१ सय ३३ को मृत्यु

काठमाडौँ–  दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा आइतबार पनि संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४ लाख ९ हजार ३०० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार ९१८ वैशाखमा० कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । त्यसयता भारतमा दैनिक जसो संक्रमितको दैनिक वृद्धि ४ लाखभन्दा माथि छ । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २२ लाख ९५ हजार ९११ पुगेको छ ।  अब भारतमा सक्रिय संक्रमितको संख्या ३७ लाख ४२ हजार १५ छ ।यस्तै त्यहाँ एकैदिन ४१ सय ३३ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख ४२ हजार ३९८ पुगेको छ ।