गोकुलेश्वर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

३ बर्ष अघि

२0७८ बैशाख २५ शनिबार

गोकुलेश्वर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

दार्चुला बैशाख २५ ।दार्चुलाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  शैल्यशिखर नगरपालिका वडानम्बर ९ का ६५ वर्षिया महिलाको गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो । शुक्रवार अचानक श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएकोमा उनको शनिबार बिहान मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले जानकारी दिनुुभएको छ । अस्पताल पुग्दा शरिरमा अक्सिजनको मात्रा निकै कम ४०–४५ प्रतिशत रहेको गोकुलेश्वर अस्पतालका डाक्टर अन्सारीले बताउनु भएको छ । उनी दमका बिरामी रहेका थिए । उनको शुक्रवार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ ।