वैशाख मसान्तसम्म निषेधाज्ञा

३ बर्ष अघि

२0७८ बैशाख २४ शुक्रबार

वैशाख मसान्तसम्म निषेधाज्ञा

दार्चुला, वैशाख २४ ।  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड—१९ को चेन ब्रेक गर्न दार्चुलामा वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले जिल्लामा कोरोनाको दोस्रो लहर तीव्र रुपमा बढिरहेको भन्दै निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन दार्चुलालाई अनुरोध गरेको छ । बैठकले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लामा आइतबारदेखि लागू हुने गरी वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि दार्चुलाका ९ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको थियो । महाकाली नगरपालिकामा भोली ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।