जिल्ला अस्पतालमा कोरोना निको भएका ७ जना घर फर्किए

३ बर्ष अघि

२0७८ बैशाख २२ बुधबार

जिल्ला अस्पतालमा कोरोना निको भएका ७ जना घर फर्किए

बैशाख २२ दार्चुला ।  जिल्ला अस्पताल दार्चुलाबाट ७ जना कोरोना जितेर घर फर्किएका छन् । अस्पतालमा भर्ना भएका २३ जनामध्ये ७ जना निको भएर घर फर्किएका हुन् । 
डिस्चार्ज भएकाहरुमा कुनै पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण नदेखिएपछि उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले जानकारी दिनुभयो । जिल्ला अस्पताल दार्चुलामा जम्मा २३ जनामध्ये अब १६ जना कोरोना सक्रमतिको उपचार भइरहेको छ । घर फर्किनेमा ३ जना सुरक्षाकर्मी हुन भने ४ जना सर्बसाधरण हुन् । स्पतालका अनुसार ४७ वर्ष ३ जना ४३ वर्षका एक जना ४० वर्षका एक जना ५५ वर्षका एक जना तथा ३४ वर्षका एक जना गरी बुधबार ७ जनाहरुको डिस्चार्ज गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।