नेपालमा एकैदिन ८ हजार ६ सय ५९ जना कोरोना संक्रमित पुष्टि,

३ बर्ष अघि

२0७८ बैशाख २२ बुधबार

नेपालमा एकैदिन ८ हजार ६ सय ५९ जना कोरोना संक्रमित पुष्टि,

काठमाडौँ बैशाख २२  । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ७ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ६ सय ५  र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । २० हजार ७ सय ५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।