पश्चिममा ‘अति भारी वर्षा’को सम्भावना

६ बर्ष अघि

२0७५ श्रावण २६ शनिबार

पश्चिममा ‘अति भारी वर्षा’को सम्भावना

दृष्टीकोण समाचार,२६ साउन  मौसमविदले शनिबार राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् ।पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ ।मौसमविद विभूति पोखरेलले शनिबार राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको बताइन् ।वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । शनिबार दिउँसो पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । शनिबार राति भने पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ ।आइतबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । आइतबार दिउँसो र राति पश्चिमका केही स्थान तथा मध्य र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार बिहानको समयमा पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भाबना रहेको तथा दिउँसो र राति देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद पोखरेलले जानकारी दिइन् ।