दार्चुलाका नौँ वटै स्थानीय तहमा निषेधाज्ञा

३ बर्ष अघि

२0७८ बैशाख २१ मंगलवार

दार्चुलाका नौँ वटै स्थानीय तहमा   निषेधाज्ञा

दार्चुला बैशाख २१ । दार्चुलाका नौँ वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ । दुहूँ गाउँपालिकामा पनि कोरोना महामारीको दोस्रो भेरियन्टको संक्रमण देखिएसंगै मंगलबार आज बिहान ७ बजेदेखि लागु हुने गरी दश दिनका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो । दुहूँ गाउँपालिका वडा नम्बर २ का दुईृ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै मंगलबारदेखि १० दिनसम्मका लागि गाउँपालिकाभरी निषेधाज्ञा जारी गरिएको हो । यस्तै नौगाड गाउँपालिकामा पनि मंगलबार राती १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । कोेरोना संक्रमणको तीब्र रुपमा फैलिरहेको र जिल्ला बाहिरबाट तथा भारतबाट आउनेहरुको संख्या पनि बढीरहेकाले नौगाड गाउँपालिकामा पनि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । अत्यावश्यक बाहेका अन्य सम्पूर्ण सेवाहरु सञ्चालनमा रोक लगाइएको छ । कसैले निषेधाज्ञा अवज्ञा गरिएको पाइएका संक्रामक रोग ऐन २०२० बामोजिम कारबाही हुने समेत चेतावनी दिइएको छ । जिल्लाका थप दुई स्थानीय तहमा निषेधाज्ञा जारी गरिएसंगै जिल्लाभरीका सबै स्थानीय तहमा निषेधाज्ञा जारी भएको छ । शैल्यशिखर नगरपालिका र ब्याँस गाउँपालिकामा आंशिक निषेधाज्ञा र अन्य सबै स्थानीय तहमा पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।