नेपालमा थप ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु,

३ बर्ष अघि

२0७८ बैशाख २१ मंगलवार

नेपालमा थप ७ हजार ६ सय ६० जनामा  कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु,

काठमाडौं  वैशाख २१ । पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १ सय ३१ पीसीआर परीक्षणमा सात हजार ५ सय ८७ र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ७ सय ७५ रहेको छ । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७ सय ९८ रहेको छ । जसमध्ये ५५ हजार ५ सय २० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा ४ हजार २ सय ७८ जना रहेका छन् ।