दार्चुलामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७८ बैशाख २१ मंगलवार

दार्चुलामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख २१ दार्चुला । दार्चुलामा मंगलबार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न ठाउँमा गरिएको एन्टीजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा महाकाली नगरपालिकाका ७ जना, अपिहिमाल गाउँपालिकामा ५ जना, शैल्यशिखर नगरपालिकामा ३ जना दुहुँ गाउँपालिकामा २ जना र मार्मा गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्शन विरेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ । यो सँगै जिल्लाका कोरोना संक्रमितको संख्या ९६ पुगेको छ । पछिल्लो समय जिल्लामा दिनानुदिन कोरोना संक्रमित बढ्न थालेपछि ८ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।