पञ्चेश्वरमा जिप दुर्घटना

३ बर्ष अघि

२0७८ बैशाख २१ मंगलवार

पञ्चेश्वरमा जिप दुर्घटना

बैतडीको पञ्चेश्वरमा बोलेरो जिप दुर्घटना भएको छ। पञ्चेश्वर गाउपालीका वडा नम्बर ६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो । हिजो चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउपालीका वडा नम्बर ६ का वडा सदस्य गोबिन्द सिह भण्डारीको शब पोष्टमार्टमका लागी जिल्ला अस्पताल बैतडी ल्याउने क्रममा गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको बताइएको छ। जिप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ।अहिले रोडिदेवल प्रहरी चौकिको टोली घटनास्थल पुगेको र थप विबरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।