नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु

३ बर्ष अघि

२0७८ बैशाख २0 सोमबार

नेपालमा थप ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि, ३७ को मृत्यु

काठमाडौँ बैशाख २० । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ३ सय ८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १६ हजार ५ सय ५८ जनाको पीसीआर र ५ सय १८ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ ।