भारतमा २४ घण्टामा ३ लाख ७० हजार संक्रमित, ३४ सय २२ को मृत्यु

३ बर्ष अघि

२0७८ बैशाख २0 सोमबार

भारतमा २४ घण्टामा ३ लाख ७० हजार संक्रमित, ३४ सय २२ को मृत्यु

काठमाडौँ बैशाख २० । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा थप ३ लाख ७० हजारमा संक्रमण भएको छ। दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि भारतमा पहिलो पटक गत शनिबार ९१८ वैशाखमा० कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेकोमा आज त्यो संख्या केही घटेको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ ।अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख १९ हजार ३२ छ । यस्तै त्यहाँ एकैदिन ३४ सय २२ संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतक संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख १८ हजार ९४५ पुगेको छ ।