दुई मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

३ बर्ष अघि

२0७८ बैशाख १७ शुक्रबार

दुई  मन्त्रीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौ बैशाख १७ ।  खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो । यसअघि ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । कोरोना पोजेटिभ देखिएपनि स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्री थापाले बताए । उनी अहिले होम आइसोलेसनमा रहेका छन ।