नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार नाघ्यो

३ बर्ष अघि

२0७८ बैशाख १६ बिहीबार

नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार नाघ्यो

काठमाडौँ बैशाख १६ । नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ३४ हजार नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ रहेको छ ।