मार्मा गाउँपालिकामा निषेधाज्ञा जारी

३ बर्ष अघि

२0७८ बैशाख १६ बिहीबार

मार्मा गाउँपालिकामा निषेधाज्ञा जारी

दार्चुला बैशाख १६ । जिल्लाको मार्मा गाउँपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले विहिबार बेलुकी ७ बजे देखि एकसाता सम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अर्को सुचना जारी नभए सम्मका लागि लागु हुने बताइएको छ ।  विहिबार मार्मा गाउँपालिका अन्र्तरगत लटिनाथ स्वास्थ्य चौकीमा कार्यरथ स्वास्थ्यकर्मी सहित ३ जनामा कोरोना पोजेभि देखिकोले मार्मा गाउँपालिकाभर एक हप्ताका लागि निषेधाज्ञा जारी गरिदिन मार्मा गाउँपालिका गाउँकार्यपालिकाको बैठकले जिल्ला प्रशासन कार्यालय दार्चुलाई अनुरोध गरेपछि जिल्ला प्रशासन कार्याललय दार्चुलाले बेलुकी ७ बजेदेखि अर्को सुचना जारी नभए सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । निषेधाज्ञा अवधिभर गाउँपालिकाभित्र अत्याआवश्यक सेवा बाहेकका  अन्य सम्पुर्ण सेवाहरु सञ्चालनमा रोक लगाएको छ भने आदेशको अवज्ञा भएगरेको पाइएमा संक्रमण रोग ऐन २०२० बमोजिम कारबार्हि हुने पनि सुचना मार्फत जानकारी दिएको छ ।