दार्चुलामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितकाे संख्या ९ पुग्यो

३ बर्ष अघि

२0७८ बैशाख १६ बिहीबार

दार्चुलामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितकाे संख्या ९ पुग्यो

दार्चुला बैशाख १६।दार्चुलामा थप विहिबार ४ जनामा कोरोना संक्रमण पुष्टि  भएको छ । जिल्लाको मार्मा गाउँपालिका तथा जिल्ला अस्पताल दार्चुलामा गरिएको परीक्षणमा १ जना महिला सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाको मार्मा गाउँपालिकाको लटिनाथ स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा २ जना स्वास्थ्यकर्मी तथा १ जना सवारी चालकमा कोरोना सक्रमण पुष्टि भएको छ भने जिल्ला अस्पताल दार्चुलामा गरिएको परीक्षणमा नौगाड गाउँपालिकाका एक जना पुरुष गरी विहिबार थप चार जनामा कोरोना संक्रमण पुष्टि  भएको स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना फोकल पर्शन विरेन्द्र प्रसाद भट्टले जानकारी दिनु भएको छ ।मार्मा गाउँपालिकाकामा ७ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना देखिएकोे हो भने जिल्ला अस्पताल दार्चुलामा २ जनाको परीक्षण गर्दा १ जनामा कोरोना देखिएको बताइएको छ । मार्मा गाउँपालिका लटिनाथ स्वास्थ्य चौकीमा कार्यरत ३७ वर्षका पुरुष लटिनाथ स्वास्थ्य चौकीमा नै कार्यरत २५ वर्षका महिला स्टाफ नर्स तथा ४० वर्षका सवारी चालकमा कोरोना देखिएको मार्मा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । यस्तै जिल्ला अस्पताल दार्चुलामा २ जनाको कोरोना परीक्षण गर्दा नौगाड गाउँपालिकाका ३१ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । यो संगै दार्चुलामा कोरोना सक्रमितको सख्या ९ पुगेको छ ।