दार्चुलाका ४ जनामा एन्टिजेन पोजेटिभ

३ बर्ष अघि

२0७८ बैशाख १५ बुधबार

दार्चुलाका ४ जनामा एन्टिजेन पोजेटिभ

 दार्चुला बैशाख १५ ।जिल्ला अस्पताल दार्चुुुुुलामा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बुधबार जिल्ला अस्पताल दार्चुलामा गरिएको परीक्षणमा १ जना महिला सहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिनु भएको छ । सुचना अधिकारी भट्टका अनुसार अछाम घर भएका ४७ वर्षका  पुरुष व्यासँ गाउँपालिका घर भएका ४५ वर्षिय पुरुष व्यास गाउँपालिका नै घर भएका ४० वर्षिय महिला तथा नौगाड गाउँपालिका घर भएका ३९ वर्षका पुरुषमा एन्टिजेन पोजेटिभ देखिएको सुचना अधिकारी भट्टले जानकारी दिनु भएको छ ।  कोरोना सङ्क्रमण पुष्टि भएकाहरुलाई अहिले जिल्ला अस्पताल दार्चुलाको ओसोलसनमा राखिएको छ । स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।