प्रहरीद्धारा कोरोना सम्बन्धि जनचेतनामुलक र्‍याली

३ बर्ष अघि

२0७८ बैशाख १३ सोमबार

प्रहरीद्धारा कोरोना सम्बन्धि जनचेतनामुलक र्‍याली

दार्चुला बैशाख १३।जिल्ला प्रहरी कार्यालय दार्चुलाले कोरोना भाइरस रोकथाम सम्बन्धि जनचेतनामुलक र्‍यालीको आयोजना गरेको छ । सोमबार महाकाली नरपालिका वडा नम्बर ४ खलंगास्थित बजार क्षेत्रमा प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामाजिक दुरी कायम राखि कोभिड-१९ सम्बन्धि जनचेतनामुलक र्‍यालीको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । तपाईको मास्क खोई, अति आवश्यक काम बाहेक घर बाट बाहिर ननिस्किऔ, मास्क अनिवार्य लगाऔ, बेलाबेलामा साबुन पानीले हात मिचिमिचि सफा गरौं लगायत नारा लेखिएका प्ले कार्ड बोकी र्‍यालीको आयोजना गरिएको हो । र्‍यालीमा जनचेतनामुलक सन्देशका साथै मास्क समेत वितरण गरिएको प्रहरीले जनाएको छ ।