आईपीएलमा दिल्लीको तेस्रो जित

३ बर्ष अघि

२0७८ बैशाख ८ बुधबार

आईपीएलमा दिल्लीको तेस्रो जित

काठमाडौँ बैशाख ८ । दिल्ली क्याटपिल्सले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभ स्मिथले ३३ रन जोड्दा ललित यादव २२ रनमा अविजित रहे । मुम्बईका जस्प्रित बुम्राह, जयन्त यादव, राहुल चाहर र केइरन पोलार्डले १र१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाए । जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले ४ खेलमा ६ अंक जोडेको छ । मुम्बईको ४ खेलमा ४ अंक छ ।