नेपालमा एकैदिन २३ सय ५१ जनामा कोरोना पुष्टि

३ बर्ष अघि

२0७८ बैशाख ८ बुधबार

नेपालमा एकैदिन २३ सय ५१ जनामा कोरोना पुष्टि

काठमाडौँ बैशाख ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३  ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२२० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । ८ हजार ८८४ जनाको पीसीआर र ८०३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए । डा. गौतमका अनुसार काठमाडौँ उपत्यकमा १०५१ जनामा कोरोना पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १० हजार५ सय ८२ पुगेको छ ।