हिँउदे सिजनमा पानी नपर्दा गहुँ खेतिमा ह्रास, कृर्षकहरु चिन्तीत

३ बर्ष अघि

२0७८ बैशाख ८ बुधबार

हिँउदे सिजनमा पानी नपर्दा  गहुँ खेतिमा ह्रास, कृर्षकहरु चिन्तीत

बैशाख ८ दार्चुला । दार्चुला जिल्लामा यो बर्ष बेलैमा पानी नपर्दा हिँउदे बालि गहुँ उत्पादनमा ह्रास आएको छ ।  हिउदको समयमा बर्षा नहुदा पानीका मुहानहरु पनी सुकिसेकाले सिचाई गर्न निकै समस्या हुदा गुहँ उत्पादनमा कामी आएको हो । हिउँदे खेतिका रुपमा लगाईने गहँु , जहुँ लगायतका हिउँदे खेति उत्पादन हुन नसक्दा स्थानीय किसानहरु चिन्तीत बनेका छन् । हिँउदे  खेति लगाएपनि यो बर्ष पानी नपर्दा गहँु उत्पादनमा निकै कमि आएको र बालबच्चाहरुको पालन पोषणमा समस्या भएको शैल्यशिखर नगरपालिकाका स्थानीय शम्भु खडायतले बताउनु भयो ।  दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका क्षेत्रभित्रका कृर्षकहरुलाई सहजता दिलाउन लिप्टङ सिचाई आयोजना निर्माण गरिन लागेको शैल्य शिखर नगरपालिका वडा नं. १ का अध्यक्ष भरतबहादुर खडायतले बताउनु भयो ।  दार्चुला जिल्लाको मुख्य उत्पादन भनेको  कृषि भएकाले सबै नागरिकलाई रोजगारी दिन र कृषि उत्पादन बृद्धि गर्न कृषि पकेट घोषणा गर्ने तयारी गरिरहेको पनि अध्यक्ष खडायतले बताउनु भयो ।  दार्चुला जिल्लाको गहँु उत्पादन मात्रै नभई अन्य उत्पादनमा पनि यो बर्ष निकै कमि आएको छ । जिल्लाका शैल्यशिखर , मालिकार्जुन, लेकम तथा महाकाली नगरपािलका क्षेत्रमा गहुँ उत्पान गरिने भएपनि यो बर्ष बलैमा पनि नपर्दा गहुँ उत्पादनमा ह्रास आएको कृषि ज्ञानकेन्द्र दाचुर््लको भनाई रहको छ ।