जनस्वास्थ्यका मापदण्डहरु पालना नगरे १ सय जरिवाना गरिने

३ बर्ष अघि

२0७८ बैशाख ८ बुधबार

जनस्वास्थ्यका मापदण्डहरु पालना नगरे  १ सय जरिवाना गरिने

जिल्ला  संकट व्यवस्थापन केन्द्रको बैठक


बैशाख ८ दार्चुला , जिल्ला प्रशासन कार्यालय दार्चुलाले घरबाट बाहिर निस्कीदा माक्स नलागाएमा तथा जनस्वास्थ्यका मापदण्डहरु पालना नगरेमा रु १ सय जरिवाना गरिने भएको  छ । 
बुधबार जिल्ला  संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाई हिँडेको पाइएमा संक्रामक रोग ऐन बमोजिम रु १ सय जरिवाना गरिने र घरबाहिर निस्कीदा माक्स अनिवार्य लगान सबैलाई सचेत गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो ।  बिश्वभरी कोरोना महामारी बढदै गईरहेकाले त्यसको नियन्त्रका लागि सबैले स्वास्थ्य मापदण्डलाई कडाइका साँथ पालना गर्नु आवश्यक रहेको बताएका छन ।  प्रशासनले कोरोना संक्रमणको जोखिमबाट बँच्न भिडभाड नगर्न भनेको छ । सीमानाकाबाट आउने नेपाल फर्किनेलाई  व्यवस्थित गरी उनीहरुको अनिवार्य रुपमा अभिलेख राख्ने तथा नेपाल प्रवेश गर्ने व्यतिलार्ई अनिवार्य रुपमा  एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्न पनि आग्रह गरेको छ । यस्तै बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न कार्यालय र पसल जस्ता सार्वजनिक स्थलहरुमा सेनिटाइजर वा हात धुने व्यवस्था र मास्कको प्रयोग अनिवार्य गर्ने गराउने निर्णय गरिएको प्रशासनले जनाएको छ ।  त्यस्तै बैठले जिल्ला भित्र पनि नमूनाका रुपमा एन्टिजेन टेष्ट सुरु गर्नका लागि स्वास्थ्य कार्यालयलाई अनुमति दिने, कोभिड १९ को रोकथाम नियन्त्रण उपचारका सम्बन्धमा सम्पूर्ण स्थानीय तहको अनुगमन गर्ने जनाएको छ ।