गुणस्तरीय शिक्षाका लागि पहिलो चरणमा १० हजार विद्यार्थिको स्वास्थ्य परिक्षण गरिदै ।।

३ बर्ष अघि

२0७८ बैशाख ७ मंगलवार

गुणस्तरीय शिक्षाका लागि पहिलो चरणमा १० हजार विद्यार्थिको स्वास्थ्य परिक्षण गरिदै ।।

मंगलबार सुरु गरिएको स्वास्थ्य परिक्षण अभियानकाे तस्बीर


बैशाख ७ दार्चुला । द्यार्चुला जिल्लाको गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको छ । 
मंगलबार सुरु गरिएको स्वास्थ्य परिक्षण अभियानले पहिलो पटक महाकाली नगरपालिका वाड नम्बर ४ मा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालय खलंगाबाट अभियानको थालनी गरिएको हो । पहिलो चरणमा स्वास्थ्य कार्यालय दार्चुलाले जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका विभिन्न विद्यालयहरुमा झन्डै १० हजार विद्यार्थिहरुको स्वास्थ्य परिक्षण गरिने स्वास्थ्य कार्यालय दार्चुलाका जन स्वास्थ्य अधिकृत जय राज भट्टजे बताउनु भयो । 
हरेक नागरिकलाई स्वस्थ्य राख्न सरकारले बच्चा गर्भमा छदा देखि नमरुन्जेल सम्म नागरिकलाई स्वस्थ्य राख्ने काम गरिरहेको र यो अभियानले गुणस्तरीय शिक्षामा महत्वपुर्ण भुमिका खेल्ने भएकाले सबैले सहयोग गर्न जिल्ला समन्वय समितिका प्रमुख करविर बहादुर कार्कीले अग्रह समेत गरेका छन । शिविरमा मंगलबार पहिलो दिन ३सय ६० जना विद्यार्थीहरुको चेकजाच गरिएको छ । जसमध्ये ४७ जना विद्यार्थीहरुको कानको समस्या पाइएको छ भने ३५ जनाको आँखाको समस्या र  २९ जनाको दाँतको समस्या रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।