पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रम सफल बन्दै

३ बर्ष अघि

२0७८ बैशाख ७ मंगलवार

पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रम सफल बन्दै

बैशाख ७ दार्चुला । दार्चुला जिल्लालाई  पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्ने लक्ष्यअनुसार मंगलबार चार वटा स्थानीय तहहरु पूर्णखोप सुनिश्चित घोषणा गरिएका छन ।
दार्चुलाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र  नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिका मंगलबार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिनुभयो । वैशाख १०  गतेसम्म सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित घोषणा गर्ने उदेश्यका साँथ दार्चुलाका नौँ वटै पालिकाहरु  पुर्णखोप सुनिश्चितता घोषणा गर्ने योजना रहेको जनस्वास्थ्य अधिकृत भट्टले बताउनुभयो ।
जिल्लाका ६१ वडाबाट ६ महिना देखि २३ महिनाका सबै बालबालिकाहरूले पाउनु पर्ने सबै खोपहरु पाई सेकाले नामावली संकलन गरी १५ महिनामा पाउनुपर्ने दादुरा, रूवेला विरुद्धका सबै खोपहरु पाईसकेकाले पुर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिन लागेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।