मालिकार्जुन गाउँपालिकाको स्वास्थ्य चौकि पस्तीमा एकसरे सेवा सुचारु

३ बर्ष अघि

२0७८ बैशाख ७ मंगलवार

मालिकार्जुन गाउँपालिकाको स्वास्थ्य चौकि पस्तीमा एकसरे सेवा सुचारु

बैशाख ७ दार्चुला ,
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नं. ८ मा रहेको स्वस्थ्य चौकि पस्तीमा एकसरे सेवा सुचारु भएको छ ।  म‍‌‌‌गलबार एक कार्यक्रमको आयोजना गरि एकसरे तथा ईसिजि सेवाको उद्धघाटन गरिएको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनु भयो । ग्रामिण क्षेत्रका नागरिहरुलाई स्वास्थ्य परिक्षणमा सहजता पुगाउने उदेश्यका साँथ ऐकसरे तथा ईसिजी सेवा संचालन गरिएको हो । चालु आर्थिक बर्ष २०७७÷ ८७ मा मालिकार्जुन गाउँपालिकाले कुल १ करोड २० लाख बजेट विनियोजनबाट  मेसिन खरिद गरि सेवा सुचारु गरिएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।  म्ांगलबार पहिलो व्यतिका रुपमा गाउँपालिकाको वडा नं. २ का अध्यक्ष गणेश सिह धामीको छातिको एकसरे गरि सेवा सुचारु गरिएको मालिकार्जुन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुणराज ओझाले जानकारी दिनु भयो ।