दार्चुलाको निसिलमा जिप दुर्घटना

३ बर्ष अघि

२0७८ बैशाख ४ शनिबार

दार्चुलाको निसिलमा जिप दुर्घटना

दार्चुला बैशाख ४ । दार्चुला जिल्लाकाे महाकाली नगरपालिका वडा नं ६ निसिलमा  जिप दुर्घटना भएकाे छ । थालिगाड बाट निसिलका लागि छुटेकाे से १ ज २१७ नम्बरकाे जिप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी पुष्कर सिह ऐरिले जानकारी दिए । जिप सडक बाट अन्दाजी २० मिटर तल खसेकाे सूचना अधिकारी ऐरिले जनाकारी दिनु भयाे ।  जिपमा एक जना चालक मात्र रहेकाे र चालक सकुसल रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ