कर्मचारीको अभावका कारण स्थानीय तहहरुमा सोचे जस्तो काम हुदैन्

३ बर्ष अघि

२0७८ बैशाख ४ शनिबार

कर्मचारीको अभावका कारण स्थानीय तहहरुमा सोचे जस्तो काम हुदैन्

दार्चुला बैशाख ४ ।
दार्चुला जिल्लामा रहेका स्थानीय तहहरुमा  प्रबाह हुने सेवाहरु कर्मचारी अभावले सन्तोश जनक नरहेको कार्यक्रमका सहभागिको भनाई रहेको छ । शनिबार दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिका र दुुहुँ गाँउपालिकाको पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा उक्त कुरा बताएका हुन ।  दार्चुला जिल्लामा रहेका ९ वटै स्थानीय तहहरुले गरिरहेका गतिविधिहरुलाई प्रभावकारी बनाउन पालिकाहरुले बनाएका एैन नियमालीहरुलाई पालना गरि स्वःमुल्याङकनका माध्यमबाट अगाडि बढेमा मात्रै जनताले चाहेको जस्तो सेवा दिन सकिने जिल्ला समन्वय समिति दार्चुलाबा प्रमुख करविर बहादुर कार्कीले बताउनु भयो ।  गाँउपालिकाहरुमा जनप्रतिनिधि आएको झन्डै ४ बर्ष हुदा सम्म पनि प्रमुख प्रशासकिय अधिकृत नहुदा अहिले सम्मको काम कर्तव्यहरु सञ्चालन तथा सम्पन्न गर्नमा निकै कठिनाई भएको र स्थानीय नागरिकले दुःख भोग्नु परेको मालिकार्जुन गाँउपालिका अध्यक्ष्य नरेन्द्र सिह धामीले जनकारी दिनु भयो ।  प्रदेशिक  सुशासन केन्द्र पुन्ना डोटिको आयोजना सञ्चालन गरिएको अन्तरकृया कार्यक्रममा मालिकार्जुन गाँउपालिका र दुहुँ गाँउपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । स्थानीय तहहरुबाट नागरिकले पाउने सेवा प्रवाह, सुशासनका क्षेत्रमा गरिएका गतिविधिका बारेमा र आगामि दिनमा गरिने कामहरुका बारेमा जानकारी गराएको छ । कार्यक्रम दुई दिन सम्म चल्ने छ ।