तीन मन्त्री द्धारा दार्चुला–तिकंर सडकको निरीक्षण गरिदै

३ बर्ष अघि

२0७८ बैशाख ४ शनिबार

तीन मन्त्री द्धारा दार्चुला–तिकंर सडकको निरीक्षण गरिदै

निर्माणाधिन दार्चुला–तिकंर सडक


दार्चुला बैशाख ४ । महाकाली करिडोर अन्तरगत निर्माणाधिन दार्चुला–तिकंर सडकको कार्य प्रगति निरीक्षण गर्न नेपाल सरकारका तीन मन्त्री भोली दार्चुला आउदै छन् । सडक निरीक्षणका लागि भौतिक योजना तथा पुर्वाधार मन्त्री बसन्त कुमार नेम्वाङ, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना सहितको टोली आइतबार विहान दार्चुला आउने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताउनु भयो ।  दार्चुला–तिकंर सडकको कार्यप्रगति बारे नेपाली सेनाको हेलिकोप्टरमार्फत निरीक्षण गर्ने र दार्चुला सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम गर्ने गरि तयारी गरिएको  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाका स्वकिय सचिव दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो । सडकको कार्यप्रगति लगायत विषयमा वैशाख ५ गते अर्थात भोलि विहान ११ बजे अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी रहेको छ । २०६४।०६५ सालबाट निर्माण सुरु गरिएको दार्चुला तिंकर सडक निर्माणले १२ वर्ष बढि हुँदा सम्म पनि जनअपेक्षा अनुसार गति लिन नसकेकाले निरीक्षण गरिन लागेको हो । यो सडकमा अहिलेसम्म दार्चुला सदरमुकाम खलंगादेखि सुन्सेरासम्म ४४ किलोमिटर मात्रै ट्र्याक खुलाइएको छ ।  अहिले सडक निर्माणको लागि नेपाली सेनाको निर्माण दल व्यास गाउँपालिकाको सुनसेरा र दुम्लीङमा क्याम्प राखेर निर्माण कार्य सुरु गर्ने तयारी गरिरहेको छ ।