काठमाडौँ बैशाख ४ । विश्वभर ११ करोड ९३ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ६ लाख १७ हजार ३ सय ७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या ११ करोड ९३ लाख ९३ हजार ८ सय ७१ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८४.९७ प्रतिशत हो । यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ३० लाख ११ हजार ४८१ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ९४ जनाको मृत्यु भएको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ७९ हजार ९ सय ४२ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ३ लाख ६९ हजार २४ जना, भारतमा १ लाख ७५ हजार ६७३ जना, रूसमा १ लाख ४ हजार ७ सय ९५ जना, बेलायतमा १ लाख २७ हजार २२५ जना, फ्रान्समा १ लाख ४ सय ४ जना, इटालीमा १ लाख १६ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ लाख २८ हजार ३४० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १४ करोड ५ लाख ३ हजार २८२ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८० लाख ९७ हजार ९ सय ३० छ । यसमध्ये १ लाख ७ हजार २१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।