दार्चुलामा भाइरल ज्वरोका बिरामी बढे

३ बर्ष अघि

२0७८ बैशाख ४ शनिबार

दार्चुलामा भाइरल ज्वरोका बिरामी बढे

जिल्ला अस्पताल दार्चुला ।


दार्चुला । जिल्ला अस्पाताल  दार्चुलामा केही दिन यता भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । मौसम परिवर्तन सँगै रुघाखोकी र भाइरल ज्वरोका बिरामीको चाप बढ्दै गएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्मर दत्त भट्ट जानकारी दिनु भयो ।  सूचना अधिकारी  भट्टका अनुसार उपचारका लागि दैनिक १ सयको हाराहारीमा बिरामी आउने गरेका छन । जसमध्ये ८० प्रतिशत बिरामी रुघाखोकी, ज्वरो र घाँटीको समस्या लिएर आउने गरेको उनले बताए । अहिले ग्रामीण भेगमा एकै परिवारका तीन÷चार जना बिरामी हुन थालेका छन । सङ्क्रमितमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका छन । मौसम परिवर्तन भइरहेकाले मास्क लगाएर हिँड्न, हाछ्यु गर्दा रुमालको प्रयोग गर्न, पानी उमालेर मात्र पिउन र बासी सडे गलेका खानेकुरा नखान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।