घाइते रतुवाको उद्धार

१२ किलो जति रहेको रतुवालाई पशु सेवा केन्द्रमा उपचार गरिएको छ

३ बर्ष अघि

२0७७ चैत्र २८ शनिबार

घाइते रतुवाको उद्धार

मोहती क्षेत्रबाट घाईते रतुवाको उद्धार गरिन्दै


दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगाको मोहती क्षेत्रबाट घाईते रतुवाको उद्धार गरिएको छ । स्थानीयको सहयोगमा डिभिजन वन कार्यालय र नेपाल प्रहरीले घाइते जंगली रतुवाको उद्धार गरेको हो ।


बिहान ७ बजे स्थानीयले अक्सफोर्ड विद्यालय नजिकै रतुवा घाईते फेला पारेका थिए । शरीर र टाउँकोमा चोट लागेको रतुवालाई उद्धार गरि स्थानीयले प्रहरी र डिभिजन वन कार्यालयलाई जानकारी गराएका थिए । 


१२ किलो जति रहेको रतुवालाई पशु सेवा केन्द्रमा उपचार गरिएको छ । उपचारपछि रतुवालाई डिभिजन वन कार्यालयको वन्यजन्तु उद्धार केन्द्रमा राखिएको सहायक वन अधिकृत अमरसिह धामीले जानकारी दिनुभयो ।