जिल्ला प्रशासन कार्यालय दार्चुलाकाे बार्षिक प्रगति सार्वजनिक

६ बर्ष अघि

२0७५ श्रावण २५ शुक्रबार

जिल्ला प्रशासन कार्यालय दार्चुलाकाे  बार्षिक प्रगति सार्वजनिक

दृष्टीकोण समाचार, साउन २५ दार्चुला । दार्चुला जिल्लाको मुख्य प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयले आफ्नो बार्षिक प्रगती विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रशसन कार्यालय दार्चुलामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रगती विवरण सार्वजनिक गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जिल्ला प्रशासन कार्यालयले आर्थिक बर्ष २०७४÷७५ मा कार्यालयबाट सम्पादन भएका काम हरुको बारेमा जानकारी गराउनु भएको हो ।  तीन महिना पहिले दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा दार्चुला पुगेका आचार्य र जिल्ला प्रशासन कार्यालयबाट हुने शान्ति सुरक्षा, कानुन कार्यान्वयन, विपद व्यवस्थापन र दैनिक सेवा प्रवाहको बारेमा जानकारी गराउनु भएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट गत आर्थिक बर्षमा जम्मा २१ सय ४६ पत्र प्राप्त गरेको र ३ हजार ५५ पत्रहरु जिल्ला प्रशासन कार्यालयबाट जारी भएका छन् । त्यस्तै एक बर्षको अवधीमा १५ वटा विभिन्न मुद्दा दर्ता भएकोमा ९ वटा मुद्दा फस्र्यौट गरिएका छन् भने बाँकी प्रक्रियामा रहेका छन् । एक बर्षको अवधिमा ४२ वटा जनगुनासो आएकोमा सबै गुनासो व्यवस्थापन गरिएका छन् । त्यस्तै १८ सय ८३ पुरुष, १४ सय ८७ महिला र १२ सय ४८ प्रतिलिपी गरी जम्मा ३ हजार ३ सय ७० नागरिकता जारी गरिएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो । 


यो भन्दा बाहेक जिल्ला प्रशासन कार्यालयले गत आर्थिक बर्षमा दार्चुला जिल्लाको लेकम गाउँपालिकामा तीन दिने घुम्ती शिविर सञ्चालन गरेको, जिल्ला प्रशासन कार्यालयमा डिजिटल सिटिजन चार्ट राखेको, फ्रि वाईफाई जोन स्थापना, नेपाल भारत सीमा सुरक्षा समन्वय बैठक आयोजना र सेवाग्राही बस्नको लागि डेस्क स्थापना गरेको मुख्य उपलब्धी मानेको छ ।  साथै कर्मचारी अभाव, शान्ति सुरक्षाका लागि तत्काल उद्दार गर्न भौगोलिक विकटता लगायत विकास निर्माणको कामले गती लिन नसक्नुलाई चुनौतीको रुपमा मानेको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाई छ ।