नोबेलद्वारा एक वर्षमा २१ करोड बराबरको निःशुल्क उपचार

६ बर्ष अघि

२0७५ बैशाख १५ शनिबार

नोबेलद्वारा एक वर्षमा २१ करोड बराबरको निःशुल्क उपचार

विराटनगर– विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा करिव २१ करोड वरावरको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैत महिनासम्मको अवधिमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

बिपन्न नागरिक औषधि उपचार कोष र आमा सुरक्षा कार्यक्रमसहित अस्पतालको तर्फबाट उक्त मुल्य वरावरको उपचार निःशुल्क गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिएका छन् । उनका अनुसार नोबेलको तर्फबाट ४४ हजार ६ सय ३८ जना विरामीलाई १२ करोड १९ लाख ७६ हजार २ सय ५० वरावरको निःशुल्क उपचार गरिएको छ । त्यस्तै आमा सुरक्षा कार्यक्रम र विपन्न नागरिक औषधि उपचार कोषबाट ११ हजार ३ सय २१ जना विरामीले ८ करोड ६४ लाख ९५ हजार ७ सय ४० वरावरको उपचार सहुलियत पाएका छन् । आमा सुरक्षा कार्यक्रममार्फत १० हजार १ सय २८ जना विरामीले ३ करोड ५४ लाख ३७ हजार मुल्य वरावरको उपचार सेवा पाएका छन् । यता विपन्न नागरिक औषधि उपचार कोषबाट १ हजार १ सय ९३ विरामीले ५ करोड १० लाख ५८ हजार ७ सय ४० वरावरको उपचार सहुलियत

पाएका हुन् । निःशुल्क उपचार पाउँनेमा मोरङ, सुनसरी, झापा, ईलाम, धनकुटा लगायत जिल्लाका विरामीको संख्या धेरै छ । नोबेल अस्पतालको तर्फबाट कतिपय विरामीलाई पूर्ण रुपमा निःशुल्क उपचार गरिएको छ भने कतिपयले उपचारमा छुट पाएका हुन् । अत्यन्तै न्यून आर्थिक अवस्थाका विरामीलाई नोबेल अस्पतालले निःशुल्क उपचारसँगै औषधि, खाना र विरामीलाई एम्वुलेन्सको ब्यवस्थापनि मिलाईदिएको छ । उपचार गर्ने पैसा नहुँदा मृत्युको मुखमा पुगेका धेरै विरामीलाई नोबेलले निःशुल्क उपचार गरेर बचाएको भन्दै विरामी र विरामीका आफन्तले खुःशी ब्यक्त गरेका छन् ।