भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख ४४ हजार संक्रमित

३ बर्ष अघि

२0७७ चैत्र २८ शनिबार

भारतमा संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन १ लाख ४४ हजार संक्रमित

काठमाडौँ चैत्र २८ । भारतमा थप ‍१ लाख ४४ हजार ८२९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत ९शुक्रबार० चैत्र २७ मा भारतमा दोस्रो धेरै १ लाख ३१ हजार ८९३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३२ लाख २ हजार ७८३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख ८७ हजार ९४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १० लाख ४६ हजार ३७६ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६८ हजार ४७६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ७७३ जनाको मृत्यु भएको छ ।