विश्वभर १० करोडभन्दा बढी संक्रमित निको, २९ लाखभन्दा धेरैको मृत्यु

३ बर्ष अघि

२0७७ चैत्र २८ शनिबार

विश्वभर १० करोडभन्दा बढी संक्रमित निको, २९ लाखभन्दा धेरैको मृत्यु

काठमाडौँ चैत्र २८ ।  विश्वभर १० करोड ८८ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको संक्रमण जितेका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ३ हजार ६३० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या १० करोड ८८ लाख ४५ हजार ४३१ पुगेको छ । कुल संक्रमितको आधारमा निको हुने दर ८०।४६ प्रतिशत हो । यस्तै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २९ लाख २७ हजार ४४० पुगेको छ  । पछिल्लो २४ घण्टामा १३ हजार २४ जनाको मृत्यु भएको छ । कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ७४ हजार ८०७ जनाको मृत्यु भएको छ । यसैगरी ब्राजिलमा ३ लाख ४८ हजार ९३४ जना, भारतमा १ लाख ६८ हजार ४६७ जना, रूसमा १ लाख २ हजार २४७ जना, बेलायतमा १ लाख २७ हजार ४० जना, फ्रान्समा ९८ हजार ३९५ जना, इटालीमा १लाख १३ हजार ५७९ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७ लाख ६९ हजार ८९० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १३ करोड ५२ लाख ७३ हजार ८६३ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड ३५ लाख ९९२ छ । यसमध्ये १ लाख १ हजार ८९४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।