डाका मुद्दाका फरार प्रतिवादी पक्राउ

३ बर्ष अघि

२0७७ चैत्र २८ शनिबार

डाका मुद्दाका फरार प्रतिवादी पक्राउ

कञ्चनपुर चैत्र २८ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले डाका मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीको टोलीले डाकाका नाइके कञ्चनपुर साबिक परासन गाउँ विकास समिति ७ का बलबहादुर सुनारलाई निजकै घरमा लुकिछिपि बसेका अवस्थामा पक्राउ गरेको हो। उनले भारतीय डकैतहरूको सहयोगमा कञ्चनपुरको दक्षिणी सीमा क्षेत्रमा २०३२ साल, २०४४, २०४८ र २०५० सालमा डाकाडाली गरेका थिए। उनलाई २०५० साल असार २ गते जिल्ला अदालत कञ्चनपुरको फैसलाले ६ वर्ष कैद र ६२ हजार ४ सय १५ जरिवाना सजाय सुनाएको थियो। उनलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।