तिङ्कर सडकको जिलेटीन समस्या समाधान

६ बर्ष अघि

२0७५ श्रावण २५ शुक्रबार

तिङ्कर सडकको जिलेटीन समस्या समाधान

दृष्टीकोण समाचार, साउन २५ दार्चुला । लामो समय विष्फोटक पदार्थको अभावमा काम बन्द भईरहेको दार्चुला तिङ्कर सडक आयोजनाको काम भाद्र १ गतेबाट सुचारु हुने भएको छ । लामो संघर्ष पछि दार्चुला आईपुगेको विष्फोटक पदार्थ अहिले नेपाली सेनाको दुर्गादल गुल्ममा रहेको छ । दार्चुला तिङ्कर सडक र नेपाली सेनाको बीचमा कार्य सञ्चालनका लागि आवस्यक पर्ने कार्ययोजना तयार भई काम सुचारु गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको दुर्गादल गुल्मका गुल्मपती गणेश रावलले जानकारी दिनुभयो । 
विष्फोटक पदार्थ सम्बेदनशील भएको र नेपाली सेना आफै परिचालन भई काम गर्नु पर्ने स्थितिमा लामो समयका लागि नेपाली सेना परिचालन हुँदा विभिन्न प्रक्रियाहरु पूरा गर्नु पर्ने भएका कारण केही समय लागेको हो । झण्डै एक महिना पहिले दार्चुला आईपुगेको विष्फोटक पदार्थ जिलेटीन प्रयोगमा ल्याउन नसकीएको छ । दार्चुला जिल्ला सदरमुकामको सुन्य विन्दु दखि छाङरु सम्मको सडकको ट्रयाक खोल्नु पर्ने दार्चुला तिङ्कर सडकमा हालसम्म व्याँस गाउँपालिकाको केन्द्र सुन्सेरा सम्मको ४० किलोमिटरमा ट्याक खुलेको दार्चुला तिङ्कर सडक आयोजनाले जनाएको छ । हाल विष्फोटक पदार्थ अभावका कारण दुहूँ गाउँपालिकाको तङ्लेभिर, व्याँसको गाउँपालिकाको विजयपुर भिरमा काम गर्न सकिएको छैन् ।  नेपाली सेनासँग एक महिनाको कार्ययोजना अनुसार शुक्रबार हस्तारक्षर भएसँगै दार्चुला तिङ्कर सडक आयोजनाको कामले गतिलिने आयोजनाले जनाएको छ ।