सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो

३ बर्ष अघि

२0७७ माघ २२ बिहीबार

सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो

काठमाण्डौ माघ २२ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि घटेर ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ थियो ।