नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख गुरुङ्ग दिर्घसेवा पदकबाट सम्मानित

३ बर्ष अघि

२0७७ माघ २२ बिहीबार

 नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख गुरुङ्ग दिर्घसेवा पदकबाट सम्मानित

दृष्टिकोण समाचार माघ २२ दार्चुला ।  नेपाल टेलिकम दुरसंचार कार्यालय दार्चुलाका कार्यालय प्रमुख केबि गुरुङ्ग दिर्घ सेवा पदकबाट सम्मानित हुनु भएको छ । नेपाल टेलिकमको १७ औं वार्षिकोत्सव समारोहमा प्रादेशिक निर्देशनालय अत्तरीया कैलालीमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख गुरुङ्गलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको हो । संस्थाको सेवामा अनवरत रुपमा २० वर्ष भन्दा बढी सेवा गरेका कार्यालय प्रमुख गुरुङ्गलाई कदरपत्र समेत प्रदान गरिएको छ ।  ३ वर्ष अघि नेपाल टेलिकम दार्चुलाको प्रमुखमा हाजिरी भएका गुरुङ्गले निकै उपलब्धी मुलक कार्यहरु गर्नु भएको छ । स्थापनाकाल देखी विद्युतीकरण हुन नसकेको बालशिखर टावरमा विद्युतीकरण, संचार सेवाबाट संधै बञ्चित रहेको अपिहिमाल गाउँपालिकाको क्षत्ति घाजिरमा टुजीरथ्रीजी र ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरुमा फोरजी टावर स्थापना उहाको कार्यकालको मुख्य उपलब्धी मानिन्छन् । दिर्घसेवा पदकबाट सम्मानित भएका कार्यालय प्रमुख गुरुङ्गले कामको मुल्याङकन गरी गरिएको सम्मान प्रति आभार व्यक्त गर्नु भएको छ ।