व्यापारीकाे आह्वान, गरिखाने बर्गमाथी राजनीति बन्द हुनुपर्छ

३ बर्ष अघि

२0७७ माघ २२ बिहीबार

व्यापारीकाे आह्वान, गरिखाने बर्गमाथी राजनीति बन्द हुनुपर्छ

कोरोना माहामारिले थिलथिलो पारेर भर्खरै उठ्न लागेको ब्यापार ब्याबसायलाई पुन सिर्जित राजनैनिक गतिविधि ले फेरि टाउकोमा नै हान्न खोजेको आभाष आम ब्याबसायिलाई पर्न गएको छ । पछिल्लो समयमा देखा परेका राजनैतिक घटनाक्रमले आम ब्याबसायिमा बितिस्णा पैदा गराएको र ब्याबसायिलाई पलायन तर्फ उन्मुख गराउन खोजेको भान भईरहेको छ । यस तर्फ सचेत भै आम राजनैतिक दलले बन्द हड्ताल धर्ना जुलुस जस्ता ब्यावसायिक बातावरण बिथोलिने कार्यक्रम नगर्न नगराउन राष्ट्रिय ब्यापार संघ राजनैनिक दलहरुमा हार्दिक अपिल गर्दछ । साथै हाल उत्पन्न भैरहेको बिषम परिस्थिति लाई धर्ना जुलुस र बन्दका माध्यबाट समाधान खोजिनु भन्दा पनि बार्ता र छलफलका माध्यम अबलम्बन गर्नु जरुरि छ ।

बन्द हड्ताल जस्ता क्रियाकलापले गरि खाने बर्गलाई प्रत्यक्ष असर पर्ने हुँदा यस्ता अवाञ्छित गतिबिधि बाट टाढै रहन समेत राजनीतिक दलहरूलाई राष्ट्रिय ब्यापार संघ सचेत गर्दछ । साथै गरि खाने बर्ग सधै बन्दको बिरोधि भएको र यस्ता बन्दको कुनै पनि कार्यक्रम नगर्न नगराउन हुन राजनितिक दलहरुलाई राष्ट्रिय ब्यापार संघ जोडदार माग गर्दछ । साथै सरकारले पछिल्ला राजनैतिक घटनाक्रम हरुमा तत्कालै सम्बोधन गरि समस्याको समाधान तर्फ लागि उचित ब्याबसायिक बातावरण तय गर्न राष्ट्रिय ब्यापार संघ सरकार सग पनि जोडदार माग गर्दछ ।

माहासचिब बैकुण्ठ दाहाल, राष्ट्रिय ब्यापार संघ न्युरोड काठमाडौ ।