मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

३ बर्ष अघि

२0७७ माघ २२ बिहीबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

झापा माघ २२ । झापाको शिवसताक्षीमा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–११ झरना पुल सडकखण्डमा साँझ ६स्४० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १९८० नं  को बसलाई विपरीत दिशाबाट आउँदै गरेको बा५६प २९५८ नंको मोटरसाइकलले ठक्कर दिँदा त्यसका चालक शिवसताक्षी–११ का ४० वर्षीय पूर्ण कडरियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते कडरियाको उपचारका क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकसँगै सवार सोही ठाउँका २८ वर्षीय शङ्कर तामाङको बिएण्डसी अस्पतालमा नै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए । प्रहरीले दुर्घटनामा संलग्न बस र चालक मेचीनगर नपा–६ बस्ने ५० वर्षीय मानबहादुर रसाइलीलाई आवश्यक अनुसन्धानका लागि इप्रका झिलझिलेले नियन्त्रणमा लिएको उनले जानकारी दिए ।