गुडिरहेको ट्याक्सीमा नचिनेको मानिसको समूहद्वारा आगजनी

३ बर्ष अघि

२0७७ माघ २२ बिहीबार

गुडिरहेको ट्याक्सीमा नचिनेको मानिसको समूहद्वारा आगजनी

काठमाण्डौ माघ २२ । काठमाण्डौको सामाखुशीमा गुडिरहेको ट्याक्सीमा नचिनेको मानिसको समूहले आगजनी गरेको छ । काठमाण्डौ महानगरपालिका(२६ मा बिहान साढे ६ बजे प्रदेश ३०१००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो  । प्रहरीकाअनुसार आगजनीबाट ट्याक्सी जलेर नष्ट भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक रोशन खड्काले बिहान मोटरसाइकलमा आएका समूहले ट्याक्सीमा आगजनी गरेको जानकारी दिनुभयो ।