धम्की अाएपछि वडा कार्यालय अनिश्चित कालका लागि बन्द

६ बर्ष अघि

२0७५ श्रावण २५ शुक्रबार

धम्की अाएपछि वडा कार्यालय अनिश्चित कालका लागि बन्द

दृष्टीकोण समाचार, साउन २५ दार्चुला । नौगाड गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालयमै पुगेर नेपाल प्रहरीको आडमा भारतीय नागरिक भनिएका राकेश बुढाथोकीले नौगाड गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोरे धामीलाई कार्यकक्षमै धम्की दिएका छन् । साउन २४ गते वडा कार्यालयमा बसीरहेका बेला दुई जना नेपाल प्रहरी सहित आएका भारतीय नागरिक राकेश बुढाथोकी, महाकाली नगरपालिका १ धम्पनेराका जगतसिह धामी । अन्य दुई जनाले वडा अध्यक्षलाई गाली गलौच गरेको वडा अध्यक्ष गोरे धामीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा उल्लेख छ । 


यो अवस्थामा वडा कार्यालयले आफ्ना गतिबिधी सञ्चालन गर्न असुरक्षित भएको भन्दै उक्त अराजकतालाई कारवाहीको माग गर्दै वडा कार्यालय अनिश्चित कालका लागि बन्द गरेको विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ ।  यसै विषयमा साउन २५ गते जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर समाधान खोजिने नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीले जानकारी दिनुभयो ।