बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा

३ बर्ष अघि

२0७७ माघ २२ बिहीबार

बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा

काठमाण्डौ माघ २० । बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा ग्रानडालाई ५(३ गोल अन्तरले हराउँदै बार्सिलोना सेमिफाइनमा पुगेको हो । बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले र जोर्डी अल्बाले समान दुई तथा फ्रान्की डी जोंगले एक गोल गरे । ग्रानडाका केनेडे, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे पनि जिताउन सकेनन्  । यस्तै, प्रतियोगिता अन्तर्गत गएराति नै भएको अर्को खेलमा लेभान्टेले भिल्लारियललाई १–० गोल अन्तरले पराजित गरेको छ।