सुदूरपश्चिम प्रहरीले भन्यो,सुरक्षा व्यवस्था कडा छ, ढुक्क भएर नियमित काम गरौँ

३ बर्ष अघि

२0७७ माघ २२ बिहीबार

सुदूरपश्चिम प्रहरीले भन्यो,सुरक्षा व्यवस्था कडा छ, ढुक्क भएर नियमित काम गरौँ

धनगढी माघ २२ ।  सुदूरपश्चिम प्रदेश प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्ताललाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको जनाएको छ।  आम हड्तालका नाममा हुने प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुगाउने गतिविधिमा संलग्नलाई कानून बमोजिम कारवाहीको दायरामा ल्याउन सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता मुकेशकुमार सिंहले बताए। उनले सबै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएकाले सर्वसाधारणलाई ढुक्क भएर नियमित काम गर्न समेत आग्रह गरेका छन्। दैनिक सञ्चालित उद्योग, पेशा व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध नपुग्नेगरि सुरक्षा व्यवस्था मिलाइएकाले निर्धक्क रुपमा पूर्ववत रुपमा काम गर्न प्रहरी वरिष्ठ उपरीक्षक सिंहले अनुरोध गरेका छन्।  उनले सार्वजनिक यातायात, शिक्षण संस्था, बजार व्यवसाय निर्धक्क भएर सञ्चालन गर्न सबैलाई आग्रह गरेका छन्।  यसअघि बुधबार साँझ गृह मन्त्रालयले समेत विज्ञप्ती जारी गरेर सर्वसाधारणलाई नियमित काम गर्न भनेको थियो।  नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार एक दिनलाई आम हड्तालको घोषणा गरेको छ। संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाले देशैभर आमहड्ताल घोषणा गरेको हो। दिनेश खबर बाट