ट्रकमा आगजनी गर्ने विप्लवका ३ कार्यकर्ता विरुद्ध मुद्दा दर्ता

३ बर्ष अघि

२0७७ माघ २२ बिहीबार

ट्रकमा आगजनी गर्ने विप्लवका ३ कार्यकर्ता विरुद्ध मुद्दा दर्ता

दृष्टिकोण समाचार माघ २२ दार्चुला ।  दार्चुलामा ट्रकमा आगजनी गर्ने विप्लप नेतृत्वको नेकपाका ३ जना कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरिएको छ। यहि माघ १० गते आह्वान गरिएको बन्दका बेला दार्चुला सदरमुकाम तर्फ आइरहेका सुप प्र ००१ क १५४८ नम्बरको मिनीट्रकमा जिल्लाको शैल्यशिखर नगरपालिका–९ नक्तडमा आगजनी गर्ने ३ जना कार्यकर्ता विरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक भाष्कर चन्दले प्रहरी प्रतिवेदनका आधारमा उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएको बताएका छन । प्रहरीले उनीहरुको खोजी कार्य भइरहेको बताएपनि नाम भने खुलाएको छैन। यसअघि प्रहरीले शंकाका आधारमा सोधपुछका लागि ट्रक चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।