धौलीगंगाको बाँधका खोलिदै सर्तक रहन अाग्रह ,हेर्नुहाेस् सूचना सहित

३ बर्ष अघि

२0७७ माघ २१ बुधबार

धौलीगंगाको बाँधका खोलिदै सर्तक रहन अाग्रह ,हेर्नुहाेस् सूचना सहित

दृष्टिकोण समाचार माघ २१ दार्चुला ।भारतीय जलविद्युत् धौलीगंगा परियोजनाको बाँधका ढोकाहरु एक महिनासम्म खोलिने भएको छ । परियोजनाको ड्याम  साइटमा मर्मत कार्य गर्न प्रयोजनका लागि बाँधका ढोकाहरु खोल्न लागेको सम्बन्धी पत्र आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । माघ २५ गते बेलुकी ७ बजेदेखि फागुन २५ गतेसम्म मर्मत कार्य गरिने भएकाले उक्त समयसम्म बाँधका ढोका खोल्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले बताउनु भयो । भारतीय धौलीगंगा परियोजनाले जिल्ला प्रशासन कार्यालयले बाँधका ढोका खोल्ने विषयमा पत्राचार गरेका सोही अनुसार जिल्ला प्रशासन कार्यालयले सबैलाई सूचित गराएको छ । झण्डै एक महिनासम्म मर्मत कार्य चल्ने भएकाले उक्त समयावधिमा बाँधका ढोका खोलिने भएका महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचित गराएको छ ।
माल्पा क्षेत्रमा भारतीय सडक निर्माणका क्रममा महाकाली नदी आंशिक रुपमा थुनिएको खबरले तटीय क्षेत्रका स्थानीयहरु त्रसित भएका बेला धौलीगंगाले पनि बाँधका ढोका खोल्न लागेको हो । हेर्नुहाेस् सूचना